Flash News

स्वागत छ तपाई लाई यस श्री महेन्द्र दर्शन माध्यमिक विद्यालयको Website मा

यस श्री महेन्द्र दर्शन माविकाे शैक्षिक सत्र २०७६ काे वार्षिक परीक्षाकाे परीक्षाफल प्रकाशन भएकाे छ ।विश्व महामारीकाे रुपमा फैलिएको काेराेना भाइरसका कारण लकडाउन भएकाले विद्यालयकाे पेज मार्फत परीक्षाफल प्रकाशन गरिएकाे छ ।अादरणीय अभिभावकज्यूहरु एवम् विद्यार्थी भाइबहिनीहरुले परीक्षाफलकाे बारेमा थप जानकारी लिन चाहनुभएमा सम्बन्धित कक्षा शिक्षक तथा विद्यालय प्रशासन लेखा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ । विद्यार्थीकाे लब्धाङ्क पत्र विद्यालय खुलेपछि उपलब्ध गराउने जानकारी गरिन्छ ।
Share:

आदरणीय अभिभावक ज्युहरु नमस्कार एबम मिठो सम्झना ।
शैक्षिक सत्र २०७६को परीक्षाफल प्रकाशन शैक्षिक कार्यतालिका अनुसार मिति २०७६/१२/२५ गते प्रकाशन गर्ने कार्यक्रम ११ गतेदेखि lockdown का कारण विद्यालय बन्द रहेको हुदा अर्को सूचना नभए सम्मकालागि परीक्षाफल प्रकाशन स्थगित गरिएको जानकारी गर्दछौ ।
महेन्द्र दर्शन मा.वि.
Share:

के हो सिभिल इन्जिनियरिङ ?

मानिसका लागि जमिनमाथि वा जमिनमुनि जति पनि पूर्वाधार निर्माण हुन्छन् । ती पूर्वाधार विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा सिभिल इन्जिनियरिङ हो । एउटा आर्किटेकले कल्पना गरेर नक्सा बनाउँछन् ।
सिभिल इन्जिनियरले त्यो कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्न योग्य बनाउँछन् । सिभिल इन्जिनियरले पुल, सडक, घर, हाइड्रो पावरलगायतका भौतिक संचना निर्माणको काम गर्छन् । ती संरचनाको सर्भे गर्ने, भौतिक संरचनालाई कस्तो आकारमा ढाल्ने, खर्चको हिसाबकिताब गर्ने, लागत अनुमान निकाल्ने, सामग्रीको प्रयोगलगायतकका बारेमा अध्ययन तथा अनुसन्धान गर्ने शिक्षा सिभिल इन्जिनियरिङ हो ।
कस्तो कोर्स हो ?
सिभिल इन्जिनियरिङ स्नातक तहको चार वर्से कोर्स हो । जसमा आठ वटा सेमेस्टर हुन्छन् । स्नातक तह उत्तीर्ण भएपछि मास्टर्स लेभलको कोर्स पनि अध्ययन गर्न सकिन्छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले सिभिल इन्जिनियरिङ कोर्स सञ्चालन गरेका छन् । सबै विश्वविद्यालयले क्याम्पसहरुलाई ४८ जनाको कोटा दिएको छ । तर, केही कलेजहरुको भौतिक संरचना र क्षमताको आधारमा कोटा बढि दिएको छ ।
कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
प्लस टुमा विज्ञान विषय पढेकाले
सबै विषयमा ‘सी’ ल्याएकोले
सीटीईभीटीबाट डिप्लोमा गरेकाले
ए लेभलमा विज्ञान विषय पढेकाले
विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा उत्तीर्ण गरेकाले
पढ्नुपर्ने मुख्य विषय
इन्जिनियरिङ ड्रइङ
इन्जिनियरिङ म्याथमेटिक्स
जियोलोजी
सर्भेइङ
सिभिल इन्जिनियरिङ मट्रियल्स
हाइड्रोपावर इन्जिनियरिङ
कन्सट्रक्सन म्यानेजमेन्ट
वाटर सप्लाई
कुन क्षेत्रमा काम गर्ने अवसर मिल्छ ?
सरकारी कार्यालय
हाइड्रोपावर
भू–प्राविधिक
इन्भाइरोमेन्ट
सिँचाइ
घर निर्माण
पुल
सडक
यातायात
सर्भे
डिजाइन
योजनाकार
परामर्शदाता
कति कमाउन सकिन्छ ?
सरकारी सेवामा लाग्ने हो भने सरकारले तलब तोकेको हुन्छ । स्नातक तहको कोर्स भएकाले अधिकृत स्तरको तलब हुन्छ । सुरुवातमा कम्तीमा २०–५० हजारसम्म कमाउन सकिन्छ ।
Share:

👉Diploma Level Entrance Exam Notice for Following Programme👇👇👇 ✍️Diploma in Civil Engineering / Overseer फाराम बितरण मिति : २०७६ अषाढ २२ गते आईतबार देखि । फाराम बुझाउने अन्तिम मिति : २०७६ श्रावण १२ गते आईतबार सम्म । प्रवेश परीक्षा हुने मिति : २०७६ श्रावण २२ गते बुधवार बिहान ७:०० बजे । न्यूनतम शैक्षिक योग्यता SLC/SEE उत्तिर्ण (Math, Science C & ENGLISH D+ Grade )
Share:

डिप्लोमा तहको पूर्ण शुल्किय प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना‍........

डिप्लोमा तहको पूर्ण शुल्किय प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना
श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ 8 तीनदोवाटे स्याङ्जामा
शैक्षिक सत्र २०७६ / ०७७ मा डिप्लोमा तहको तीन वर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङ तहमा पूर्ण शुल्किय प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना
शैक्षिक सत्र २०७६।०७७ को लागि ३ बर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङ्ग तपसिलका कार्यक्रमहरूमा योग्यता पुगेका इच्छुक विद्यार्थीहरूका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०७६॥०३।२१ गते शनिवार दिन राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित सूचनावमोजिम दरखास्त आह्वान गरिन्छ ।
तपसिल :
१. न्यूनतम शैक्षिक योग्यता:
सिभिल ईन्जिनियरिङ्ग
(Civil Engineering)
एस.ई.ई. परीक्षामा अनिवार्य गणित र विज्ञान विषयहरूमा न्यूनतम C ग्रेड र अनिवार्य अंग्रेजी विषयमा न्यूनतम D+ ग्रेड प्राप्त गरेको ।
एस.एल.सी. वा सो सरहको परीक्षामा अनिवार्य अंग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयहरू लिई उत्तीर्ण भएको ।
CTEVT को TSLC तर्फ ६५.३३% अंक र TU को TSLC तर्फ ६६.६७% अंक प्राप्त गरेको (TSLC को लागि) ।
एस.एल.सी वा एस.ई.ई. प्राविधिक घारबाट डिप्लोमा तहको सोही कार्यक्रम (विषय) अध्ययन गर्न चाहेमा एस.एल.सी. उत्तीर्ण वा एस.ई.ई. प्राविधिक धारमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण भएको ।
२. आबेदन फाराम पाइने र बुझाउने स्थान: श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय
३. फाराम वितरण सुरू मिति: २०७६ आषाढ २२ गते आइतबारदेखि ।
४. फाराम बुझाउने अन्तिम मिति: २०७६ श्रावण १२ गते आइतबार सम्म ।
५. आवेदन फाराम तथा प्रवेश परीक्षा शुल्क: रु. १,५००।- (रु. एक हजार पाँचसय मात्र)
६. सम्पर्क तथा प्रवेश-पत्र वितरण मिति र समय: २०७६ श्रावण २० र २१ गते (९:०० देखि ४:०० बजेसम्म) ।
७. प्रवेश परीक्षा मिति: २०७६ श्रावण २२ गते बुधबार विहान ७:०० बजेदेखि ।
८. परीक्षा समय: १ घन्टा ३० मिनेट ।
९. परीक्षा केन्द्र: गोरखापत्र राष्ट्रिय दैनिकमा पछि प्रकाशित गरिनेछ ।
१०. प्रवेश परीक्षाको किसिम: लिखित (अंग्रेजी, गणित र विज्ञान विषयहरूमा आधारित) । 
११. फारामसाथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू : 
(क) स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35 x 45 MM) को २ प्रति रंगीन फोटो । 
(ख) एस.एल.सी. वा प्राविधिक एस.एल.सी वा एसाईईको मार्कीसट र चारित्रिक प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि । 
(ग) नागरिकता वा जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि । 
१२. अन्य विवरण 
(क) थप जानकारी लिनु परेमा श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ 8 तीनदोवाटे स्याङ्जा  फोन 063-690196 मा सम्पर्क गर्न सकिनेछ । साथै E-mail: mahendradss111@gmail.com बाट समेत जानकारी लिन सकिनेछ ।
Share:
Copyright © Mahendra Darshan Sec. School | Design by:- Bikash Gyawali |