डिप्लोमा तहको पूर्ण शुल्किय प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना
श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ 8 तीनदोवाटे स्याङ्जामा
शैक्षिक सत्र २०७६ / ०७७ मा डिप्लोमा तहको तीन वर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङ तहमा पूर्ण शुल्किय प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना
शैक्षिक सत्र २०७६।०७७ को लागि ३ बर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङ्ग तपसिलका कार्यक्रमहरूमा योग्यता पुगेका इच्छुक विद्यार्थीहरूका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०७६॥०३।२१ गते शनिवार दिन राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित सूचनावमोजिम दरखास्त आह्वान गरिन्छ ।
तपसिल :
१. न्यूनतम शैक्षिक योग्यता:
सिभिल ईन्जिनियरिङ्ग
(Civil Engineering)
एस.ई.ई. परीक्षामा अनिवार्य गणित र विज्ञान विषयहरूमा न्यूनतम C ग्रेड र अनिवार्य अंग्रेजी विषयमा न्यूनतम D+ ग्रेड प्राप्त गरेको ।
एस.एल.सी. वा सो सरहको परीक्षामा अनिवार्य अंग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयहरू लिई उत्तीर्ण भएको ।
CTEVT को TSLC तर्फ ६५.३३% अंक र TU को TSLC तर्फ ६६.६७% अंक प्राप्त गरेको (TSLC को लागि) ।
एस.एल.सी वा एस.ई.ई. प्राविधिक घारबाट डिप्लोमा तहको सोही कार्यक्रम (विषय) अध्ययन गर्न चाहेमा एस.एल.सी. उत्तीर्ण वा एस.ई.ई. प्राविधिक धारमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण भएको ।
२. आबेदन फाराम पाइने र बुझाउने स्थान: श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय
३. फाराम वितरण सुरू मिति: २०७६ आषाढ २२ गते आइतबारदेखि ।
४. फाराम बुझाउने अन्तिम मिति: २०७६ श्रावण १२ गते आइतबार सम्म ।
५. आवेदन फाराम तथा प्रवेश परीक्षा शुल्क: रु. १,५००।- (रु. एक हजार पाँचसय मात्र)
६. सम्पर्क तथा प्रवेश-पत्र वितरण मिति र समय: २०७६ श्रावण २० र २१ गते (९:०० देखि ४:०० बजेसम्म) ।
७. प्रवेश परीक्षा मिति: २०७६ श्रावण २२ गते बुधबार विहान ७:०० बजेदेखि ।
८. परीक्षा समय: १ घन्टा ३० मिनेट ।
९. परीक्षा केन्द्र: गोरखापत्र राष्ट्रिय दैनिकमा पछि प्रकाशित गरिनेछ ।
१०. प्रवेश परीक्षाको किसिम: लिखित (अंग्रेजी, गणित र विज्ञान विषयहरूमा आधारित) ।
११. फारामसाथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू :
(क) स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35 x 45 MM) को २ प्रति रंगीन फोटो ।
(ख) एस.एल.सी. वा प्राविधिक एस.एल.सी वा एसाईईको मार्कीसट र चारित्रिक प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि ।
(ग) नागरिकता वा जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि ।
१२. अन्य विवरण
(क) थप जानकारी लिनु परेमा श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ 8 तीनदोवाटे स्याङ्जा फोन 063-690196 मा सम्पर्क गर्न सकिनेछ । साथै E-mail: mahendradss111@gmail.com बाट समेत जानकारी लिन सकिनेछ ।
Flash News
स्वागत छ तपाई लाई यस श्री महेन्द्र दर्शन माध्यमिक विद्यालयको Website मा
Calender
Pokhara, Nepal
प्रधानाध्यापक

वि.व्य.स. अध्यक्ष

हाम्रो फेसबुक पेज
महत्वपूर्ण लिङ्कहरु
Labels
Subscribe Us
Blog Archive
- February 2022 (1)
- March 2021 (1)
- September 2020 (2)
- July 2020 (6)