मानिसका लागि जमिनमाथि वा जमिनमुनि जति पनि पूर्वाधार निर्माण हुन्छन् । ती पूर्वाधार विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा सिभिल इन्जिनियरिङ हो । एउटा आर्किटेकले कल्पना गरेर नक्सा बनाउँछन् ।
सिभिल इन्जिनियरले त्यो कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्न योग्य बनाउँछन् । सिभिल इन्जिनियरले पुल, सडक, घर, हाइड्रो पावरलगायतका भौतिक संचना निर्माणको काम गर्छन् । ती संरचनाको सर्भे गर्ने, भौतिक संरचनालाई कस्तो आकारमा ढाल्ने, खर्चको हिसाबकिताब गर्ने, लागत अनुमान निकाल्ने, सामग्रीको प्रयोगलगायतकका बारेमा अध्ययन तथा अनुसन्धान गर्ने शिक्षा सिभिल इन्जिनियरिङ हो ।
कस्तो कोर्स हो ?
सिभिल इन्जिनियरिङ स्नातक तहको चार वर्से कोर्स हो । जसमा आठ वटा सेमेस्टर हुन्छन् । स्नातक तह उत्तीर्ण भएपछि मास्टर्स लेभलको कोर्स पनि अध्ययन गर्न सकिन्छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले सिभिल इन्जिनियरिङ कोर्स सञ्चालन गरेका छन् । सबै विश्वविद्यालयले क्याम्पसहरुलाई ४८ जनाको कोटा दिएको छ । तर, केही कलेजहरुको भौतिक संरचना र क्षमताको आधारमा कोटा बढि दिएको छ ।
कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
प्लस टुमा विज्ञान विषय पढेकाले
सबै विषयमा ‘सी’ ल्याएकोले
सीटीईभीटीबाट डिप्लोमा गरेकाले
ए लेभलमा विज्ञान विषय पढेकाले
विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा उत्तीर्ण गरेकाले
पढ्नुपर्ने मुख्य विषय
इन्जिनियरिङ ड्रइङ
इन्जिनियरिङ म्याथमेटिक्स
जियोलोजी
सर्भेइङ
सिभिल इन्जिनियरिङ मट्रियल्स
हाइड्रोपावर इन्जिनियरिङ
कन्सट्रक्सन म्यानेजमेन्ट
वाटर सप्लाई
कुन क्षेत्रमा काम गर्ने अवसर मिल्छ ?
सरकारी कार्यालय
हाइड्रोपावर
भू–प्राविधिक
इन्भाइरोमेन्ट
सिँचाइ
घर निर्माण
पुल
सडक
यातायात
सर्भे
डिजाइन
योजनाकार
परामर्शदाता
कति कमाउन सकिन्छ ?
सरकारी सेवामा लाग्ने हो भने सरकारले तलब तोकेको हुन्छ । स्नातक तहको कोर्स भएकाले अधिकृत स्तरको तलब हुन्छ । सुरुवातमा कम्तीमा २०–५० हजारसम्म कमाउन सकिन्छ ।
Flash News
स्वागत छ तपाई लाई यस श्री महेन्द्र दर्शन माध्यमिक विद्यालयको Website मा
Calender
Pokhara, Nepal
प्रधानाध्यापक

वि.व्य.स. अध्यक्ष

हाम्रो फेसबुक पेज
महत्वपूर्ण लिङ्कहरु
Labels
Subscribe Us
Blog Archive
- February 2022 (1)
- March 2021 (1)
- September 2020 (2)
- July 2020 (6)